काठमाडौं। पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई आइतबार काठमाडौंमा स्वागत गर्न राजसंस्था पक्षधरहरुले व्यापक तयारी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपा नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर ठुलो संख्यामा समर्थकहरु उतार्ने तयारी भइरहेको छ। त्रिभुवन विमानस्थलबाहिरदेखि निर्मल निवाससम्म सडकमा राजसंस्था पक्षधरहरुलाई उभिएर पूर्व राजा ज्ञानेन्द्रको स्वागत गर्न भनिएको छ।

गत प्रजातन्त्र दिवशको पूर्व सन्ध्यामा ज्ञानेन्द्रले आफुलाई साथ दिन अपिल गरेका थिए।। त्यसयता राजसंस्था पक्षधरहरुले प्रदर्शनहरु गरिरहेका छन्। ०६२/६३ को जनआन्दोलनले नेपालबाट राजसंस्था फ्याँकेको थियो।


