काठमाडौं। राजावादीले गरेको प्रदर्शन र पूर्व राजा ज्ञानेन्द्र शाहका क्रियाकलापका कारण पछिल्लो समय संसद तात्तिएको छ।
संसदमा राजसंस्था पक्षधर र गणतन्त्रवादी पक्षधरहरु विवादमा उत्रिएका छन्। प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मले पूर्व राजाविरुद्ध भाषण गरिररहेका छन्।

हामीले यी समग्र विषयमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पुत्री तथा नेपाल समाजवादी पार्टी-नयाँ शक्तीकी उपाध्यक्ष मानुषी यमी भट्टराईसँग कुराकानी गरेका छौँ।

