काठमाडौं। प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरिक्षक-एसपीहरुको सरुवा गरेको छ। सोमबार निकालिएको सरुवाअनुसार एसपी प्रमुख हुने धेरै जिल्लाका नेतृत्व फेरिएका छन्।
सिराहामा अनन्तराम शर्मा, पश्चिम नवलपरासीमा अनुपम श्रेष्ठ, काभ्रेमा कोमल शाह, कन्चनपुरमा खडकबहादुर क्षेत्री,चितवनम गोविन्द पुरी पुगेका छन्।

यसैगरी बाग्लुङमा तिलक भारती, स्याङ्जामा दधिराम न्यौपाने, धादिङमा दिपेन्द्र शाही, धनुषामा नरहरी रेग्मी, गुल्मीमा नारायणप्रसाद अधिकारी, मोरङमा नारायणप्रसाद चिमोरिया, रौतहटमा नेत्रमणी गिरी, पाल्पामा पवनकुमार भट्टराईले जिम्मेवारी पाएका छन्।
कैलालीमा बालनरसिंह राणा, सर्लाहीमा योगेन्द्रकुमार खड्का, बाँकेमा रामप्रसाद घर्तिमगर, सिन्धुलीमा लालध्वज सुवेदी, धनकुटामा शरतकुमार थापा क्षेत्री, सुर्खेतमा सुधिरराज शाही र महोत्तरीमा हेरम्ब शर्मा पुगेका छन्।

