काठमाडौं। भारत प्रशासित कश्मिरको पहलगाममा २६ पर्यटकको हत्या भएको झन्डै २ सातापछि पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा हवाई हमला भएको छ।
भारतले आतङ्कवादीहरु लुकिरहेको आशंकामा ती क्षेत्रमा हमला गरेको हो। भारतकले पहलगाममा भएको हमलामा संलग्नहरुलाई पाकिस्तानले सहयोग गरेको दावी गर्दै आएको थियो।

पाकिस्तानले भने यसलाई अस्विकार गर्दै आएको छ। उक्त घटनापछि भारतले पाकिस्तानमाथी आक्रमण गर्न सक्ने अनुमान हुँदै आएको थियो। बिबिसीका अनुसार भारतिय अधिकारीले विभिन्न ९ स्थानमा आक्रमण गरेको बताएका छन्। पाकिस्तानले तीन ठाउँमा आक्रमण भएको र ५ वटा भारतीय फाइटर जेटले झारेको दावी गरेको छ।
भारतीय सन्चार माध्यमका अनुसार मध्यरात एक बजेर ५ मिनेटदेखि २५ मिनेटसम्म मिसाई आक्रमण भएको थियो। आक्रमणबाट पाकिस्तानमा कम्तिमा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।
यता भारत प्रशासित कश्मिरमा पनि केही मानिस मारिएको भन्दै पाकिस्तानतर्फबाट पनि आक्रमण भइरहेको समाचारहरु आएका छन्।


