काठमाडौं। भारत र पाकिस्तानबीच बढ्दो तनावको असर नेपालमा पनि देखिन थालेको छ। सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नेदेखि संसदमा समेत कुराहरु उठिरहेका छन्।
सांसदहरुले यी दुई देशमा रहेका नेपाली र नेपाली विधार्थीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख देवराज घिमिरेले रुलिङ पनि गरेका छन्। यस्तै नेपालस्थित भारतीय राजदुतले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

सरकारले दुई दिनअघि नेपाल जुनसुकै आतङ्कवादको विरुद्धमा रहेको धारणा सार्वजनिक गरेको थियो। प्रधानमन्त्री ओलीले आफ्नो देश छिमेकविरुद्ध प्रयोग हुन नदिनेमा सचेत रहेको भारतीय राजदुतलाई सन्देश दिएका छन्।


