काठमाडौं– राजस्रस्था पुनर्वहालीको एजेन्डा बोकेर मोर्चावन्दी गरिरहेका राप्रपा, राप्रपा नेपाललगायतलाई सरकारले त्यस्ता गतिविधि नगर्न सन्देश दिइरहेको छ।
चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएका घटनामा जिम्मेवारी ठहर्याउँदै प्रहरीले नेता रविन्द्र मिश्र, दुर्गा प्रसाईलगायतलाई एक महिनाभन्दा लामो समयदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
राजावादीको प्रदर्शन भने रोकिएको छैन। सकडमा मास भने घट्दै गएको देखिन्छ। तर आन्दोलनको नेतृत्व गरिरहेका नेताहरु भने क्रमश एकजुट हुदैछन्।
राजेन्द्र लिङ्देन,कमल थापा, नवराज सुवेदीहरु एक ठाउँमा उभिएर राजस्रंस्था फर्काउन मोर्चाैवन्दी गरिरहेका छन्। सरकारले भने राजावादी आन्दोलन अब सह्य नहुने बताइरहेको छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि संविधान विरोधी गतिविधिलाई नियन्त्रण गरिने स्पष्ट पारेको छ।
गृहमन्त्री रमेश लेखकले केही दिन अघि संसदमा बोल्दै राजावादी गतिविधिहरु सह्य नहुने बताएका थिए। राजावादी सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारले विचारको स्वतन्त्रतालाई निमोठ्न खोजिएको भन्दै प्रतिनिधि सभा रोस्टममा उभिएर आपत्ती जनाएका थिए।





