काठमाडौं। नविन चौहान निर्देशित ‘ऊनको स्वीटर’रले प्रदर्शनमा आएको पहिलो साता करिब ६ करोड रुपैयाँ कमाएको छ।
आर्टमान्डुका अनुसार पहिलो साता यो फिल्मले ५ करोड ७५ लाख रुपैयाँ कमाएको छ।

फिल्ममा विपिन कार्की, मिरुना मगरलगायत कलाकारको अभिनय रहेको छ। यसअघि सुजन चापागाईले गाएको फिल्मको शीर्ष गितले निकै चर्चा कमाएको थियो।


