काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक-एसएसपी कमल थापाको रचनामा एक साताको अन्तरमा दुईवटा गित सार्वजनिक भएका छन्। ‘पहाड की रानी’ बोलको गित गत साता सार्वजनिक भएको थियो।
KASS Music युट्युब च्यानलबाट केही दिनअघि उक्त गित अपलोड गरिएको थियो। गितमा पूर्वी पहाडी जिल्ला इलामको सुन्दरता सुन्दर तरिकाले वर्णन गरिएको छ।

गितमा नेपाल आईडल विजेता करण परियारको स्वर रहेको छ। संगित संयोजन ताराप्रकाश लिम्बुले गरेका छन्। त्यसको एक साता अघि मात्र समिर खरेलको स्वर रहेको ‘पछ्यौरी’ बोलको गित पनि सोही युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। एसएसपी थापाले संगित आफ्नो रुचीको विषय भएकाले फुर्सदका समयमा गरिएका सृजनाहरुलाई बाहिर ल्याएको बताए।
‘दर्शक स्रोताहरुको राम्रो प्रतिक्रिया पाएको छु। आगामी सृजनाका लागि यसले मलाई उत्साही बनाएको छ’, उनले भने। दुवै गितका म्युजिक भिडियो छन्।


