काठमाडौं। जति नै गाली खानुपरे पनि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनले नेतृत्व गरेको सरकारका पक्षमा बोल्न अगाडि सरि हाल्नेमा पर्छन् महेश बस्नेत र विष्णु रिमाल।
त्यति मात्र होइन, ओली र ओलीले नेतृत्व गरेको सरकारविरुद्ध सार्वजनिक नोटिस र चर्चा हुने गरी कसैले बोलि हाले रिमाल र बस्नेत सामाजिक सन्जालमा फायर खोलिहाल्ने नेता पनि हुन्।

पछिल्लो एक घटनामा यस्तै भएको छ, विषय सन्दर्भ विष्णु रिमालसँग सम्बन्धित भएकाले महेश बस्नेतबारे भने चर्चा गर्ने छैनौँ।
अहिले चर्चामा रहेको एउटा फेसबुक स्टाटसबारे कुरा गरौँ जुन आइतबार बिहानदेखि सामाजिक सन्जालदेखि अनलाइन मिडियाहरुमा हेडलाइन बनेर प्रकाशित भएका थिए।
बिहानै एमाले नेता रिमालले फेसबुकमा लेखेको स्टाटस र त्यसमा आएका कमेन्टहरुलाई एकछिन् हेर्नुस्त।
के देख्नु भयो। अनि कस्तो लाग्यो तपाईलाई। कतिपय नेताहरुको बोलि, उनिहरुले सामाजिक सन्जालमा लेखेको देख्दा यस्तो लाग्छ की- उनीहरु गाली खान तयार भएरै यस्ता स्टाटस लेख्छन्।
अझ भनौँ सामाजिक सन्जालमा आउने प्रतिक्रियाहरुको उनिहरुलाई वास्ता छैन। उनिहरु दुनियालाई केही कुरा भन्न वा सुनाउन मात्र सामाजिक सन्जाल प्रयोग गर्छन्।
तपाईहरुलाई यस्तै लाग्छ विष्णु रिमाल की योभन्दा फरक।
तर जे होस् रिमालको यो स्टाटसमा कमेन्ट गर्नेहरु अधिकांशले उनलाई गाली गरेका छन्।
उनले लेखेको स्टाटसमा आउनु अघि अलिकति यसको ब्याग्राउन्डबारे कुरा गरौँ। नेपालमा लोडसेडिङ अन्त्य गरेका भनेर चर्चा कमाएका कुलमान घिसिङलाई ओली सरकारले हटायो केही समय अघि। ४-५ महिना मात्र कार्यकाल बाँकी रहेका कुलमानलाई किन हटाएको भनेर आक्रोश देखियो। सडकमा नारावाजी भयो।
उर्जामन्त्री दीपक खड्का मन्त्री भएदेखि कुलमानसँग सन्तुष्ट थिएनन्। उनी सार्वजनिक रुपमै कुलमानले कसैलाई नटेरेको आरोप लगाइरहन्थे।
उनी नेपालमा लोडसेडिङ भारतले विजुली दिएर अन्त्य भएको, उधोगमा विधुत कटौती गरेर लोडसेडिङ हुन नदिएको जस्ता आरोप लगाउँथे र कुलमानलाई अनावश्यक हिरो बनाइएको बताइरन्थे।
कुलमानलाई अचानक हटाउनु पछाडि फेरी लोडसेडिङ गराएर आफ्नो व्यापार बढाउने समूह सक्रिय भएको भनेर सार्वजनिक रुपमै टिप्पणी हुन थालेको थियो। मन्त्री खड्का आफैले पनि भारतबाट विजुली नल्याए तत्कालै लोडसेडिङ हुने बताइरहेका थिए। अन्तत मन्त्री खड्का र सरकारले चाहेअनुसार कुलमान हटे र उनिहरुले चाहेका हितेन्द्र देव शाक्यलाई ल्याइयो। प्रधानमन्त्री ओलीले एउटा कर्मचारी हटाउनु सामान्य कुरा भएको भन्दै कुलमानभन्दा राम्रा व्यक्तीलाई विधुत् प्राधिकरणमा ल्याइएको बताएका थिए।
तर हितेन्द्रदेव शाक्य आएपछि बारम्बार विधुत् जान थाल्यो। सरकारले अघोषित लोडसेडिङ गरिरहेको आरोप लाग्न थाल्यो। मैन बत्ती बालिरहेको, मोबाइल र ल्यापटपको उज्यालोमा काम गरिरहेका तस्विरहरु सामाजिक सन्जालमा देखिने क्रम ह्वात्तै बढ्यो।
इन्भर्टर किन्नुपर्ने र खोज्नुपर्ने आशयका स्टाटसहरु पनि सामाजिक सन्जालमा बढेको प्रति विधुत् प्राधिकरण र सरकार बेखबर थिएन। नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले हावाहुरीको समय भएकाले त्यही कारण रुख र पोल ढलेर बारम्बार विधुत् अवरुद्ध हुने गरेको दावी गरे।
विगतमा पनि यो समयमा बारम्बार विधुत् जाने गरेको भन्दै उनले आफ्नो र सरकारको डिफेन्स गरे। दुई दिनअघि पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले संसदीय उपसमितीले मोबाइल बालेर काम गरिरहेको तस्विर सामाजिक सन्जालमा राखेकी थिइन्। यसपछि त झन् हितेन्द्रदेव शाक्य, मन्त्री दीपक खड्का र सरकारको आलोचना ह्वात्तै बढ्यो।
यही पृष्ठभूमीमा विष्णु रिमालले आइतबार बिहानै फेसबुकमा लेखेको स्टाटस अर्थपूर्ण थियो। तपाईले थाहा पाइहाल्नु भयो- रिमाल हितेन्द्रलाई बदनाम गराउन गिरोह सक्रिय भएको भन्न खोज्दैछन्। उनी भन्दैछन्- बलेको बत्ती मुनी बसेर मानिसहरु लोडसेडिङ भन्दै हितेन्द्र र सरकारलाई बदनाम गर्न लागि परेका छन्।
पछिल्लो समय बारम्बार बत्ती गइरहेको समयमा रिमालले किन यस्ती स्टाटस लेखे त ?
रिमाल प्रधानमन्त्री रिमालका सल्लाहकार हुन्। उनी राजनीतिक सल्लाहकारका रुपमा प्रधानमन्त्री ओलीसँग काम गरिरहेका छन्। ओली अघिल्ला प्रधानमन्त्री हुँदा पनि रिमाल राजनीतिक सल्लाहकार नियुक्त भएक थिए। यसको मतलब रिमाललाई ओलीको खास व्यक्ती मान्न सकिन्छ।
मजदुर आन्दोलनबाट आएका रिमाल कुनै समय एमालेनिकट नेपाल ट्रेड युनियन महासंघ-जिफन्टका अध्यक्ष हुन्। उनी हाल एमाले उपमहासचिव रहेका छन्।
यसको मतलब रिमाललाई ओलीको खास मान्छे मान्न सकिन्छ। उनी पहिलो संविधान सभामा समानुपातिकतर्फ सासद बनेका थिए। नुवाकोटमा जन्मिएका रिमाल ओलीको राजनीतिक र व्यवस्थापकीय गतिविधिमा नजिक बसेर काम गर्ने गरेका छन्।


