काठमाडौं। राजावादी आन्दोलनका क्रममा आइतबार पक्राउ गरिएका पूर्व उपप्रधानमन्त्रीसमेत रहेका कमल थापालगायत ७ जनालाई साँझ छाडिएको छ।

काठमाडौं प्रहरी परिसरले केही समय थुनेर साँझ उनिहरुलाई छाडेको हो। ८ जना पक्राउ गरिएकामा एक जना भने मापसे गरेको र अभद्र व्यवहार गरेको भन्दै हिरासतमै राखेको छ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपालगायत राजावादी दल तथा संघ संस्थाले जेठ १५ देखि निरन्तर आन्दोलन गरिरहेका छन्।


