काठमाडौं। अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ललितपुरबाट १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५ जना भारतीय पनि छन्।
भारतीयकै योजनामा गिरोहले अनलाइन जुवा खेलाउने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए।

ह्वाट्सएप र टेलिग्रामबाट ग्राहकलाई सम्पर्कमा ल्याएर उनिहरुले जुवा खेलाउने गरेको थिए। ललितपुरको जैनखेल भ्युटावरस्थित घर र नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर उनिहरुले जुवा खेलाउने गरेको प्रहरीको दावी छ।
एसएसपी बस्नेतका अनुसार गिरोहले हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।
पक्राउ परेका व्यक्ति र उनिहरु बसिरहेको ठाउँबाट प्रहरीले १४ वटा ल्यापटप, ६० वटा विभिन्न टेलिकमका सिमकार्ड, १५ वटा भिसा कार्डलगायत सामग्री बरामद गरेको छ।


