म्याड्रिड : फ्रान्सलाई ५-४ गोलले हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा पुगेको छ। केलियन एमबाप्पेसहितको फ्रान्सविरुद्ध स्पेनका लेमिन यमालले २, पेड्रि, विलियम्स र मेरिनोले एक एक गोल गरे।
खेलमा ५-१ गोलले पछाडि रहेको अवस्थामा फ्रान्सले तीन गोल फर्काएपनि हार टार्न सकेन। फ्रान्सका केलियन एमबाप्पे, चर्की र कोलो मुआनीले एक एक गोल गरे। एक गोल आत्मघाती उपहार पाएको थियो। स्पेनले उपाधिका लागि पोर्चुगलको सामना गर्ने छ।

एमबाप्पेसहितको टोली यमालसहितको टोलिसँग लगातार पाचौँ खेलमा पराजित भएको हो। एमबाप्पेले यमालको टोलीसँग खेलमा ७ खेलमा हालसम्म एक जित र ६ हारको नतिजा निकालेका छन्। यमाल बार्सिलोना र एमबाप्पे रियल म्याड्रिडबाट क्लब फुटबल खेल्छन्। यसै सिजनको सुरुवातमा एमबाप्पे फ्रान्सको पीएसजीबाट रियल म्याड्रिड आएका थिए।
गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पीएसजीले बार्सिलोनालाई हराएको थियो। गत वर्ष युरो कपको सेमिफाइनलम स्पेनले फ्रान्सलाई हराएको थियो। यो सिजन रियल म्याड्रिडसँग भएका सबै ४ खेल बार्सिलोनाले जित्यो।


