काठमाडौं। ग्वार्को फ्लाई ओभर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। असार १ गतेदेखि यसलाई सन्चालनमा ल्याउने सरकारको तयारी छ।
फ्लाई ओभर पुल र त्यसलाई जोड्ने दुईवटा अप्रोच रोड निर्माण सम्पन्न हुन लागेको हो।

फ्लाई ओभरबाट कोटेश्वरतर्फको ३ सय २० मिटर लामो अप्रोच सडक तयार भइसकेको छ भने सातदोबाटोतर्फको एक सय ८० मिटर अप्रोच सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ।
ग्वार्कोमा हुने जामलाई कम गर्न सरकारले फ्लाई ओभर बनाउने निर्णय गरेको थियो।
२०७८ फागुनमा ठेक्का लागेको यो निर्माण २ वर्षभित्र सम्पन्न गरिसक्नु पर्ने समयसिमा थियो। तर विविध कारणले तीन वर्षभन्दा बढी समयपछि मात्र तयार हुन लागेको हो।


