काठमाडौं- नेपाल टेलिकमको बिलिङ प्रणालीका सम्बन्धमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
पहाडी तत्कालीन प्रमुख व्यावसायिक अधिकृत भएको नाताले प्रतिवादी कायम भएकी हुन्। नियमविपरीत बिलिङ प्रणालीको थप सम्झौता गरिएको लगायतका काम गर्दै संस्थालाई क्षति पुर्याएको आरोप अख्तियारको छ।

वर्तमान प्रबन्ध निर्देशक पहाडी, निवर्तमान प्रबन्ध निर्देशक सुनिल पौडेललगायत १८ जनाविरुद्ध मुद्दा दायर भएको छ
उनीहरुविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रूपैयाँ बराबरको बिगो कायम गरिएको छ।
अख्तियारले यसअघि नै दिएको निर्देशनविपरीत गएर टेलिकमले एसिया इन्फोसँग वार्षिक मर्मतसम्भार सम्झौता गरेको थियो।
प्रतिवादि बनाइएका अन्यमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा वैद्यलगायत पनि छन्।



