काठमाडौं। नेपाल बैंक लिमिटेडका तत्कालिन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीमाथी रिण प्रवाह गर्दा घुस लिएको आरोपमा एकै दिन तीनवटा मुद्धा दायर भएको छ।

र्याडिसन प्रोजेक्टको हकमा १९ लाख घुस लिएको आरोपमा अधिकारीसहित ५ जनालाई प्रतिवादी बनाइएको छ।
तनहुँको आबुखैरेनीस्थित अकला देवी ट्रेडर्शलाई धितो राखेर २५ करोड रुपैयाँ रिण दिने प्रयोजनका लागि ५० लाख उक्त घुस लिएको आरोपमा अधिकारीसहित ६ जनालाई प्रतिवादी बनाइएको छ।
यस्तै हिमाल तराई कन्स्ट्रक्सनसँग ५लाख रुपैयाँ घुस लिएको आरोपमा अधिकारीसहित २ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा दायर भएको छ।



