काठमाडौं। प्रहरीले झापामा गोली हानी लागु औषध कारोबारी नियन्त्रणमा लिएको छ।
भद्रपुर नगरपालिका-८ स्थित हुलाकी लोकमार्गमा प्रहरीले चेकजाँच गर्नेक्रममा भाग्न खोज्दा नियन्त्रणमा लिन ६ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लागु औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कारोबारीको खोजिमा निस्किएको थियो। पक्राउ पर्नेमा भारतको बिहारका ३५ वर्षीय मनिसुर आलम र झापाको कचनकवलका ५५ वर्षीय नशरुदिन मियाँ छन्।
नशरुदिनको पिड्युलामा गोली लागेको छ। प्रहरीका अनुसार आलमको साथबाट एक सय ३ ग्राम ७० मिलिग्राम र मियाँको साथबाट एक सय २ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।



