काठमाडौं। प्रहरीले स्रोत नखुलेको आरोपमा झन्डै डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौंको बौद्धबाट ४० चिनियाँ नागरिक वाङ जियानलाई पक्राउ गरेको हो। जियानको साथबाट एक करोड ४४ लाख रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। उनी दुई महिनादेखि नेपालमा बसिरहेको बताइएको छ।

उनी बुद्ध चित्त मालाका कारोबारी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले त्यत्रो रकम कसरी जम्मा गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।



