काठमाडौं। युट्युबले मंगलबारदेखि लागु गर्न लागेको एउटा मनिटाइजेसन पोलिसीका कारण कन्टेन्ट क्रियटरहरु केही समययता निकै कन्फ्युजमा परिरहेका छन्।
के गर्न मिल्ने हो, के गर्न नमिल्ने हो ? बा त्यसो गर्दा मनिटाइजेसन पो हट्ने हो की ? कन्टेन्ट क्रिएटरका जिज्ञासा धेरै यस्तै छन्। उनिहरुले युट्युबसँग धेरैजसो यस्ता जिज्ञासा राखेका छन्। युट्युबले के के गर्न मिल्छ भनेर जवाफ पनि दिएको छ।

तपाईलाई पक्कै थाहा छ. युट्युबले कन्टेन्ट क्रिएटरहरु, युट्युबमा भिडियो अपलोड गर्नेहरुका लागि निश्चित शर्त पुरा गरेपछि युट्युब पार्टनर प्रोग्राममा सहभागी गराउँछ। अर्थात कन्टेन्ट क्रिएटरका भिडियोहरुलाई मनिटाइजेसन गर्छ। युट्युबमा भिडियो हालेर डलर कमाउँछन् भनेर पक्कै सुन्नु भएको होला। मनिटाइजेसन हुनु भनेको डलर कमाउने आधार तयार हुनु हो। मनिटाइजेस हुनका लागि मुख्यतया २ वटा शर्त पुरा गर्नुपर्छ। पहिलो तपाईको युट्युब च्यानलको कम्तिमा एक हजार सस्क्राइबर हुनुपर्छ।
दोस्रो पछिल्लो १२ महिनामा तपाईले अपलोड गरेका भिडियोहरु कम्तिमा ४ हजार घण्टा समय हेरिएको हुनुपर्छ। यसको मतलब कहिलेकाहीँ एकै दिनमा पनि मनिटाइजेसनका शर्तहरु पुरा हुन सक्छन्। जस्तो एकै दिन एक हजार सस्क्राइबर पुरा भयो र कम्तिमा चार हजार घण्टा भिडियो हेरियो भने मनिटाइजेसनका लागि अप्लाई गर्न सकिन्छ।
मनिटाइजेसनका लागि ४ हजार घण्टा समयको अर्को विकल्प पनि छ। त्यो भनेको पछिल्लो ९० दिनमा तपाईको सर्ट्स एक करोड पटक हेरिएको हुनुपर्छ। मनिटाइजेसन भएपछि तपाईले युट्युबमा अपलोड गर्ने भिडियो डलर कमाउन एलिजिबल हुन्छ। कतिपटक हेरियो,कहाँबाट हेरियो जस्ता अन्य धेरै कारणहरुले तपाईले ती भिडियोबाट कति कमाउनु हुन्छ भन्ने निर्धारण गर्छ।
मैले यो कुरा किन जोडेको हो भने युट्युबको नयाँ मनिटाइजेसन पोलिसी अघि तपाईले यो कुरा बुझ्नुपर्छ। युट्युबले अरिजिनल कन्टेन्टहरुलाई सँधै प्राथमिकता दिन्छ। अरुले उत्पादन गरेर प्रयोग गरेका कन्टेन्ट पुन प्रयोग वा रियुज गरेमा कपिराइट लगाउन सक्ने र च्यानलै उडाउन सकिनेसम्मको युट्युब पोलिसी छ। यदी कसैले कपिराइट नलगाएमा वा क्लेम नगरेमा के हुन्छ ?
युट्युबको सिस्टमले नै रि-युज भनेर आईडन्टीफाई गर्न सक्छ जसको असर कन्टेन्ट क्रियटरलाई थाहै नदिई मनिटाइजेसन अर्थात रेभ्युन्युमा पर्न सक्छ। अब युट्युबले ल्याएको नयाँ मोनिटाइजेसन पोलिसी के हो? त्यो बारे थाहा पाउँ।
केही समय अघि युट्युबले मनिटाइजेसन सम्बन्धी एउटा पोलिसी ल्याउन लागिएको सूचना कन्टेन्ट क्रिएटरलाई दिएको थियो। जसमा रिपिटिसियस कन्टेन्टको मनिटाइजेसनका लागि अयोग्य हुने भनिएको छ। रिपिटिसियस कन्टेन्ट के हो, रियुज कन्टेन्टसँग मिल्दोजुल्दो छ की फरक छ ? अबको केही समय तपाईका लागि महत्वपूर्ण हुन सक्छ।
मास प्रोड्युस भएको वा रिपिटिटिभ कन्टेन्टलाई युट्युबले रिपिटिसियस कन्टेन्ट भन्छ। रिपिटिसियस कन्टेन्टलाई नयाँ नाम दिएर इनअथेन्टिक कन्टेन्ट भनिएको छ। युट्युबको यो नयाँ पोलिसीपछि धेरै कन्टेन्ट क्रियटरले युट्युबसँग जिज्ञासा राखेका थिए-इनअथेन्टिक कन्टेन्ट भनेको के हो, के भयो भने मास प्रोड्युस भएको वा रिपिटिटिभ कन्टेन्ट हुन्छ भनेर ?
युट्युबले जिज्ञासा पनि मेटेको छ। आवाज, शैली, संरचना वा प्रस्तुतीकरण झन्डै उस्तैउस्तै लाग्ने गरी बनाइएका धेरै सामग्रीलाई युट्युबले मास प्रोड्युस कन्टेन्ट भनेको छ। यस्ता सामग्री लो क्वालिटी भएको, क्रियटिभिटी र मौलिकता नरहेको सामग्रीका रुपमा युट्युबले हेर्न गर्छ।
यसको मतलब कन्टेन्ट क्रियटरले हरेक कन्टेन्टमा गहन मिहेनत गरुन्, नयाँ शैली अपनाउनुन्, मौलिकता दिन सकुन् भन्ने हो। यसको मतलब ओरिजिनल कन्टेन्ट पनि अब अनअथेन्टिक हुन सक्ने देखिन्छ। यदी एउटै फर्मुला टेम्प्लेटमा कन्टेन्टहरु बनाइएको देखियो भने। तपाईले मिहेनत नै गर्नु भएन, मौलिकता देखिएन, क्रियटिभिटी देखिएन भनेर युट्युबले बुझ्न सक्छ। अब तपाईले कुनै फर्मुला वा ट्याम्प्लेटमा कन्टेन्ट उत्पादन गर्न बन्द गर्नुपर्छ। हरेक भिडियोमा नयाँ शैली, मौलिकता र क्रियटीभिटी देखिनुपर्छ।
मास प्रोड्युस भएका कन्टेन्ट दर्शकले स्पाम भनेर बुझ्ने युट्युबले जनाएको छ। कम मिहेनत गर्ने र धेरै संख्यामा भिडियो उत्पादन गर्ने कन्टेन्ट क्रिएटरका लागि युट्युबले पछिल्लो पोलिसी ल्याएको देखिन्छ।
त्यो भनेको भ्युजका लागि मात्र मरि हत्ते गर्ने कन्टेन्ट क्रिएटरलाई नयाँ नितीले डिसकरेज गर्ने लक्ष्य लिइएको छ। कुनैपनि कन्टेन्टलाई मनिटाइजेसन गर्ने की नगर्ने भन्नेबारे युट्युबले कसरी निर्णय गर्छ ?
ओरिजनल र अथेन्टिक कटेन्टलाई मात्र युट्युबले रिवार्ड गर्ने भनिएको छ। नयाँ पोलिसीसँगै कन्टेन्ट क्रिएटरले रियुज कन्टेन्ट पोलिसी र एआई कन्टेन्टको प्रयोगबारे पनि धेरै जिज्ञासा राखेका छन्।
रियुज कन्टेन्ट प्रयोग हुने कमेन्ट्री, क्लिप्स, कम्पाइलेसन, रियाक्सन भिडियोहरुको मनिटाइजेसनमा कुनै परिवर्तन गरिएको छैन। युट्युबको आशय देखिन्छ- पहिल्यै प्रयोगमा आइसकेका भिडियोका केही भागहरु प्रयोग गरेर नयाँ कन्टेन्ट उत्पादन होस्, तपाईको आफ्नै जस्तो नयाँ कन्टेन्ट देखियोस्। बस जस्ताको तस्तै मात्र चाहीँ पुन प्रयोग नहोस्।
पुन प्रयोग भएका भिडियोमा तपाईले कमेन्ट्री गरेर, आवश्यकताअनुसार ठाउँ ठाउँमा बोलेर, मोडिफिकेसन गरेर, एजुकेसनल र इन्टरटेन्टमेन्ट भ्याल्यु थप्नुपर्छ तब मात्र युट्युबले सजिलै मोनिटाइजेसन गर्ने छ।
अहिले कन्टेन्ट क्रियटरको अर्को ठुलो जिज्ञासा भनेको एआई जेनेरेटेड भिडियो र फोटो प्रयोग गर्दा मनिटाइजेसनमा असर गर्छ की गर्दैन ? हजारौँ रुपैयाँ दिएर एआई सस्सक्रिप्सन लिइरहेका धेरैलाई जस्तै तपाईको पनि यो प्रश्न हुन सक्छ।


