काठमाडौं। गैह्र आवासीय नेपाली संघ-एनआरएनएको साउदी अरब राष्ट्रिय समन्वय परिषद्-एनसिसीमा उमेश भट्टराईको नेतृत्वमा कार्य समिती सर्वसम्मत निर्वाचित भएको छ।
१० औँ राष्ट्रिय महाधिवेशनले दुई वर्षे कार्यकालका लागि निर्वाचित गरेको समितीको वरिष्ठ उपाध्यक्षमा हेम सुवेदी तथा उपाध्यक्षहरुमा विष्णुप्रसाद भण्डारी, राजकुमार गिरी, अर्जुन थापा र मनिष कोइराला रहेका छन्।

यस्तै शुक्र लामा महासचिव, ध्रुवराज कटुवाल सचिव तथा योगेन्द्रबहादुर श्रेष्ठ र संजोग पाण्डे कोषाध्यक्ष निर्वाचित भएका छन्। युवा संयोजक पदमबहादुर महता र महिला संयोजकको जिम्मेवारी लक्ष्मी थापा मगरले पाएका छन्।

महेश घिमिरे, खिलेन्द्रराज कतङ्गवा, पूर्णबहादुर सुनार, रमेशसिंह खत्री र हरिप्रसाद विष्ट , भीम कार्की र युवराज पोखरेल सदस्यमा निर्वाचित भए।


