काठमाडौं। केही दिन अघि म फ्लड लाइट र प्यारापिट निर्माणको काम भइरहेको त्रिवि क्रिकेट मैदान पुगेँ। मसँग क्यामरा पनि साथमा थियो। केहीबेर सेक्युरिटी गार्डसँग कुराकानी भयो। क्यामरा देखेर सेक्युरिटी गार्डले भनेको एउटा कुराले मनै चिसो भयो।
उनका अनुसार त्रिवि क्रिकेट मैदानमा काम गरिरहेको भिडियो धेरै टेलिभिजन, सामाजिक सन्जाल र युट्युबमा आउँदा केही कामदारले कामै छाडेछन्। क्यामरामा कैद हुन सक्ने डर कामदारलाई भएछ। त्यसको कारण- कतिपय विधार्थीहरु खर्च जुटाउन त्यहाँ काम गरिरहेका थिए रे।

ति सेक्युरिटी गार्डले भनेको कुरा कति सत्य थियो त्यो उनैले जानुन्। तर त्यस्तो अवस्था नभएको होला भन्न चाहीँ सकिन्न।
तपाई हामीले खिचेको तस्विर भिडियो र सामाजिक सन्जाल, युट्युबमा हुने प्रयोगले कसैको केही गल्ती नभई पनि अप्ठेरो पररहेको हुन सक्छ। यसमा सदैव सतर्क रहौँ, सचेत बनौँ। आजको भिडियोको विषयवस्तु लगभग योसँग मिल्दो जुल्दो भएकाले मैले सुरुवातमै यसलाई जोडेको हुँ।
बोस्टनस्थित जिलेट स्टेडियममा जुलाई १६ तारिख आफ्नो फेबरेट ब्यान्ड कोल्डप्लेको कन्सर्ट हेर्न एक फ्यान पुग्छिन्। रंगशाला आएका ६५ हजार दर्शकजस्तै उनी पनि कोल्ड प्लेको कन्सर्टमा मज्जाले झुम्छिन्। सकेसम्म रमाइलो गर्छिन्।
त्यसपछि सामाजिक सन्जाल टिकटकमा एउटा भिडियो पोस्ट गर्छन्।
भिडियोमा न ती फ्यानले आफु रमाइलो गरिरहेको सिन हुन्छ नत ब्यान्डले गाइरहेको देखिन्छ। कन्सर्ट भइरहँदा रंगशालाको एउटा भागमा राखिएको स्क्रिनमा कैद भएको दृश्यलाई ती फ्यानले मोबाइलमा कैद गरेकी हुन्छिन्। त्यही भिडियो यतिबेला वर्ल्डवाइड भाइरल बनिरहेको छ। सामाजिक सन्जाल प्रयोगकर्ताहरुले मिम र ट्रोल बनाइरहेका छन्।
स्क्रिनमा आफुहरु देखिएलगत्तै ती अधवैँशे महिला र पुरुष आँत्तिदै छुट्टिएको र लजाएर अनुहार लुकाएको देखिन्छ त्यस भिडियोमा। स्टेजमा क्लोड प्लेका सिंगर क्रिस मार्टिनले बोलिरहेको सुनिन्छन्- ओह यिनिहरु दुई जनालाई हेर्नुस्। तपाईहरु ठिक हुनुहुन्छ।
क्रिस मार्टिन स्क्रिनको दृश्य हेर्दै बोलिरहेका हुन्छन्। तर एकाएक अकवार्ड सिचुएसन आउँछ। महिला अंगालोबाट बाहिर निस्किएर भाग्न खोज्छिन्। पुरुष पनि लुक्न खोज्छन्।
लगत्तै क्रिस मार्टिन बोल्छन्- कित उनिहरु अफेयरमा छन् कि त सारै लजाए। आशा छ हामीले कुनै नराम्रो गरेका छेनौँ।
यो भिडियो यतिबेला विश्वव्यापी रुपमा भाइरल बनेको छ।
भाइरल मात्र छैन, अमेरिकाको चर्चित आईटी कम्पनी एस्ट्रोनोमरका सीईओ एन्डी बाइरनले राजिनामा दिएका छन्। एस्ट्रोनोमरकी ह्युमन रिसोर्स अर्थात एचआर प्रमुख क्रिस्टिन क्याबट चरम मानसिक दबाबमा परेकी छिन्।
यो कन्सर्ट हेर्न ६५ हजार दर्शक रंगशाला पुगेका थिए। स्क्रिनमा देखिएको त्यो दृश्य कन्सर्ट हेरिरहेका हजारौँ दर्शकले रमाइलो मानेका थिए। तर त्यो त्यत्तिमै सकिएन। त्यो दृश्य २८ वर्षीय ग्रेस स्प्रिङ्गरले आफ्नो मोबाइलमा खिचेकी थिइन्।
त्यतिबेलासम्म केही बिग्रिएको थिएन। तर जब उनले आफ्नो सामाजिक सन्जालमा उक्त भिडियो फुटेज राखिन्-विश्वभर हल्लाखल्ला भयो। अमेरिकाको चर्चित आईटी कम्पनी एस्ट्रोनोमरमा ठुलै हलचल ल्यायो। किनभने स्क्रिनमा देखिने अंगालो मारेर रोमान्स गरिरहेका ती पुरुष अधवैँधे एस्ट्रोनोमरका सीईओ एन्डी बाइरन र अधबैँसे महिला एचआर हेड क्रिस्टिन क्याबट थिइन्।
एस्ट्रोनोमरले तत्कालै अनुसन्धान सुरु गर्यो। सीईओ एन्डी बाइरन विदा बसे। त्यति मात्र होइन बाइरनले राजिनामा दिएका छन्। एचआर हेड क्रिस्टिन क्याबटमाथी पनि सम्भावित कारबाहीको दायरामा छिन्। त्यसबारे केही बाहिर आइसकेको छैन।
यसलाई एक्स्ट्रा म्यारिटल अफेयर्ससँग जोडेर मानिसहरुले हेरिरहेका छन्। अमेरिकि मिडिया न्युयोर्क पोस्टका अनुसार एन्डी बाइरन ५० र एनआर हेड क्रिस्टिन क्याबट ५२ वर्षीया हुन्। तर उनिहरुको पारिवारिक अवस्थाबारे धेरै सोधिखोजी भएको देखिँदैन।
एआई सम्बन्धी काम गर्ने एस्ट्रोनोमर एक दशमलब ३ बिलियन अमेरिकी डलरको कम्पनी हो।
यो भिडियो ग्रेस स्प्रीङ्गरको सोसल मिडियाबाट मात्र ५० मिलियनले हेरेका छन्।स्प्रीङ्गरले ती कपल को थिए भनेर आफुलाई थाहा नभएको आफुलाई सम्पर्क गरेका अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुलाई बताएकी छिन्। इन्ट्रेस्टिङ लागेर खिचेको र सामाजिक सन्जालमा राखेको बताएकी छिन्।
रंगशालामा राखिएको स्क्रिनमा ती दुई जनालाई त्यत्तिकै देखाइएको थिएन। ठुला कन्सर्टहरुमा किस क्याम सेगमेन्ट राखिएको हुन्छ दर्शकहरुलाई मनोरन्जन दिन। यसमा क्यामेरा म्यानहरुले कपलहरुलाई खोजी खोजी स्क्रिनमा देखाउँछन्। दर्शकहरुले चियरअप गर्छन्।
स्क्रिनमा देखिएको जोडीलाई किस गर्न इनकरेज गरिन्छ। कोल्डप्लेको कन्सर्टमा क्रिस्टिन क्याबटलाई मज्जाले अंगालो मारेर एन्डी बाइरनले रमाइलो लिइरहेको प्रस्ट देखिन्छ। तर यो कन्सर्टमा किस क्याम सेगमेन्टबारे औपचारिक जानकारी केही पनि थिएन। तर एस्ट्रोनोमरका दुई उच्च कर्मचारी किस क्याम स्टाइलमा स्क्रिनमा कैद भएका थिए। कोल्ड प्लेका सिंगर क्रिस मार्टिनले किस स्क्यामकै शैलीमा बोलेका थिए।
म्युजिक अफ द स्पेयर्स नाम दिएर कोल्ड प्ले यतिबेला वर्ल्ड टुरमा छ । यो घटनापछि कोल्ड प्ले आफै पनि अप्ठेरो र दबाबमा देखिन्छ। क्रिस मार्टिनले हालैको एक कन्सर्टमा दर्शकहरुलाई सजग हुन आग्रह गरिरहेको भिडियो हालै सार्वजनिक भएको छ।
कपलहरुलाई अप्ठेरो पर्न सक्नेतर्फ सचेत हुँदै उनले स्क्रिनमा देखिने जो को दर्शकलाई हेलो भन्न आग्रह गरेका छन्। – रिपोर्टर

