काठमाडौं। उच्च अदालत पाटनले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाले कारागारमा रहेका मेडिकल व्यवशायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश गरेको छ।
उच्च अदालतका न्यायधिशहरु टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्रसाईलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याएको हो।

प्रसाई सोमबार नै काराागर मुक्त भएका छन्। चैत १५ गतेको घटनालगत्तै केही साता फरार भएका प्रसाईलाई प्रहरीले भारतबाट पक्राउ गरि ल्याएको थियो।
तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको थियो भने एक जना गम्भिर घाइते भएका थिए। सोमबार नै भएको अर्को एक मुद्धाको आदेशमा प्रसाईसँग २५ लाख रुपैयाँ धरौटी मागिएको छ। प्रसाईले उक्त धरौटी पनि बुझाएका छन्।
प्रसाईविरुद्ध तीनकुने घटनामा मुख्य योजनाकारको आरोपसहित कर्तव्य ज्यान, राज्यविरुद्धको कसुर, संगठित अपराधलगायत अभियोग लगाइएको थियो।


