काठमाडौं। ब्वाईफ्रेन्डको घर गएकी किशोरी बेहोस् भइन्, अस्पताल ल्याउँदा मृत घोषणा गरियो। साउनको २१ गते यही व्यहोराका समाचारका ठुल्ठुला हेडलाइन बनेँ अनलाइन न्युज च्यानल र युट्युबहरुमा।
घटना ललितपुरको इमाडोलको थियो। प्रहरीले तत्कालै प्रेमी भनिएका १८ वर्षीय किशोरलाई पक्राउ गर्यो र अनुसन्धान थाल्यो। ती किशोर भाई र बुबासँग आफ्नै घरमा बस्दै आएका थिए भने उनकी आमा एक वर्षयता हङकङमा छिन्।

घटनाका बेला किशोरका बुबा र भाई पनि घरमै थिए। किशोरी बेहोस् भएलगत्तै उनलाई प्रेमि भनिएका युवक र उनका बुबाले अस्पताल ल्याएका थिए। तर अस्पतालले किशोरीलाई मृत घोषणा गर्यो। प्रहरीले यो घटनाको अनुसन्धान सकेको छ। किशोरविरुद्ध जबर्जस्ती करणी अर्थात बलात्कार गरेको र ज्यान मार्न नहुने कसुर गरेको अभियोग लगाइएको छ।
बलात्कार गरेको अनि ज्यान मार्न नहुने कसुर गरेको ? तपाईको मनमा अनेकन प्रश्न उठे होलान्। कसरी ती किशोरमाथी यस्तो अभियोग लाग्यो ? घटना के थियो ? किशोरले बयानमा के भने ? प्रहरी अनुसन्धानमा के देखियो ? पक्कै तपाईलाई जिज्ञासा भइरहेको होला। गोपनियताका कारण हामी यहाँ किशोरलाई सबिन र मृतक किशोरीलाई अन्जना भनेर सम्बोधन गर्ने छौँ।
अन्जना पनि १८ वर्ष उमेरकी हुन्। कम्तिमा एउटा कारण जुन तपाईलाई अनौठो लाग्न सक्छ, सायद नेपालमा यसअघि यस्तो कमै सुन्नु भएको थियो होला, त्यही कारणले हामी यो भिडियो बनाउँदै छौँ। भिडियो अन्तिमसम्म हेर्नु होला, उक्त कारण स्पष्टसँग बुझ्नु हुने छ।
सबिन प्लस टु साइन्स पढेर ब्याचलर्स भर्ना भएको दोस्रो दिनमै पक्राउ परेका हुन्। प्लस टुको अध्ययन पुरा गरेपछि उनी जिमखाना गएर ज्यान बनाइरहेका थिए। उनी सामाजिक सन्जालहरुमा पनि एक्टिभ छन्। टिकटकमार्फत सबिनको सम्पर्कमा आएकी थिइन् मृतक किशोरी। सबिनका अनुसार टिकटकमा जिम गर्दै गरेको भिडियो अपलोड गरेपछि अन्जनाले त्यो हेरेकी थिइन्। सबिनले त्यसपछि अन्जनाको प्रोफाइल चेक गरेका थिए। त्यसपछि उनिहरुले टिकटकमै म्यासेज आदानप्रदान गरे। टिकटकबाट इन्स्टाग्राममा पुगेर उनिहरु अझ नजिक भए। त्यसपछि उनिहरुबीच व्यक्तिगत कुराकानी हुन थालेको थियो।
१२ कक्षामा पढिरहेकी अन्जनाको तिन दिदिबहिनी र आमासहित ४ जनाको परिवार ललितपुरमा डेरामा बस्दै आएको थियो। सबिनसँग कुराकानि गर्दै जाँदा अन्जना चाँडै नजिक भइन्। उनिहरुबीच मायाप्रितिका कुराहरु हुन थाले। एक अर्कालाई भेट्ने निर्णय गरे र भेटे।
सबिनका अनुसार साउन १५ गते उनिहरुबीच पहिलोपटक भेटघाट भएको थियो, बालकुमारीमा। सबिना आफ्नी बहिनीसँग आएकी थिइन्। भोलिपल्ट फेरी उनिहरु बालकुमारीमै भेटे। त्यस दिन आफुले सबिनालाई कपनस्थित साथीको घरमा पुर्याएर फर्किएको सबिनले बयानमा भनेका छन्। उनका अनुसार साउन १७ गते तिम्रो घरमा आउँछु भन्दै अन्जनाले सबिनलाई फोन गरिन्। अन्जना आउनु अघि सबिनले कन्डम र खानेकुरा किनेर घर लगे। अन्जनालाई लिएर आए। तर बुबा र भाईले अन्जनालाई ल्याएको थाहा पाएनन्।
त्यस दिन उनिहरुबीच शारिरिक सम्पर्क भयो। त्यसपछि अन्जनाकै आग्रहमा आफुले गर्भ निरोधक आईपील किनेर ल्याएर उनलाई खान दिएको सबिनले बयान दिएका छन्। साउन १९ गते उनिहरु जावलाखेल घुम्न गएका थिए।
साउन २० गते सबिन बुबालाई लिएर बानेश्वर पुगेका थिए, एक आईटी कलेजमा ब्याचलर भर्ना भएर फर्किए। सबिन भोलिपल्टैबाट कलेज जानु पर्ने थियो। तर साउन २१ गते अन्जनाले जसरी पनि तिम्रो घर आउँछु भनेर रोई कराई गरेपछि आफु कलेज नगई बसेको उनको भनाई छ।
त्यस दिन बुबा र भाई घरमै भएपनि सबिनले साथीलाई बोलाएर उनिहरुलाई माथिल्लो तलामै भुल्याएका थिए। त्यसभन्दा तल्ला अर्थात घरको दोस्रो तलामा रहेको आफ्नो कोठामा साढे ११ बजे अन्जनालाई ल्याएर सबिनले भित्रबाट कोठा चुकुल लगाएर बसेका थिए।
सबिनाको मृत्यु भएपछि प्रहरीले घटनास्थलको मुचुल्का गरेको थियो। प्रहरी रिपोर्टअनुसार सबिन सुत्ने गरेको बेडमा लेडिज निलो रङको जिन्स पाइन्ट, सेतो रङको टिसर्च, कालो धर्का भएको वन पिस थियो। यस्तै यस्तै लेडिज काटा, हे स्विटहार्ट लेखी चुम्बा गरेको गुलाबी रङको दाग रहेको दुई पेजको पाना भेटिएको थियो। यस्तै अट्याच बाथरुमको कुनामा लेडिजका ब्रा र पेन्टी भेटिएको थियो।
घटनापछि मृतकका आफन्तले सबिनविरुद्ध लगातार यौन सम्पर्क गरी बेहोस भएर छोरीको मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। त्यही जाहेरीमा प्रहरीले अनुसन्धान गरेर सबिनविरुद्ध बलात्कार र ज्यान मार्न नहुने कसुरको अभियोग अदालतमा दायर भएको छ।
घटनापछि किशोरीलाई ल्याइपुर्याइएको किस्ट हस्पिटलले दिउँसो २ बजेर २७ मिनेटमा अन्जनालाई मृत अवस्थामा ल्याईपुर्याइएको उल्लेख गरेको छ यसको मतलब थियो, अस्पताल ल्याई पुर्याउनु अगावै अन्जनाको मृत्यु भइसकेको थियो। प्रहरीले मृत्युको कारण पत्ता लगाउन परिक्षणका लागि नमुनाहरु त्रिवि शिक्षण अस्पताल पठाएको थियो।
त्यस दिन बन्द कोठाभित्र के भएको थियो भन्नेबारे सबिनले बयानमा बोलेका छन्। उनका अनुसार कोठाभित्र प्रवेश गरेपछि अन्जनाले बाथरुममा गएर कपडा फेरेकी थिइन्। त्यसपछि सबिनका लागि लेखेको लभ लेटर देखाइन्। सबिनले लभलेटर पढे।
उनिहरुबीच मायाप्रितिका कुराहरु भए। केहीबेरमा फिल्म हेर्न थाले। फिल्म हेर्नेक्रममा उनिहरु शारिरिक सम्पर्कका लागि तयार भइसकेका थिए। त्यहीबीचमा बाहिरबाट सबिनका बुबाले कोठा ढकढक गरे। अन्जना आफ्ना भित्रि कपडा बोकेर बाथरुम गइन्। सबिनका अनुसार ढोका खोल्दा उनलाई बुबाले ट्वाइलेट सफा गरेर माथी आउन भनेका थिए। प्रहरीले सबिनलाई अन्जना कसरी बेहोस् भइन् त भनेर सोधेको थियो। सबिनले त्यस दिन झन्डै एक एक मिनेटको अन्तरमा तीनपटक शारिरिक सम्पर्क भएको बताएका छन्। सबिनको दावीअनुसार तेस्रोपटक शारिरिक सम्बन्ध गर्दा अन्जनाको यौनाङ्गबाट रगत बगेको थियो। अन्जनाले कुनै अप्ठेरो नमानेका कारण आफु स्खलन गरेर ट्वाइलेटतिर गएका थिए भने त्यतिबेला अन्जना घोप्टो परेर ओछ्यानमै पल्टिरहेकी थिइन्।
ट्वाइलेटबाट फर्किँदा अन्जना हात मुठ्ठी पारेर, शरिर दह्रो बनाई दाँत किटिरहेकी थिइन्। त्यसपछि सबिन निकै आँत्तिएको उनले बयानमा भनेका छन्। उनले पानी छम्किए, छातीमा थिचे, मुखबाट स्वास दिन खोजे तर अन्जना बोलिनन्। उनले ५/६ मिनेटसम्म त्यसरी प्रयाश गरे। त्यसपछि अन्जनालाई आफ्नो कपडा लगाई दिएर माथी बुबालाई बोलाउन गएको र त्यसपछि स्कुटीमा राखेर अस्पताल लगेको सबिनको दावी छ।
प्रहरीले यस घटनामा सबिनका बुबासँग पनि सोधपुछ गरेको थियो। त्यस दिन सबिनले दुईपटकसम्म गएर ढकढक गर्दा ढोका नखोलेको र एकपटक ढोका खोलेको बताएका छन्। पछि आफु ट्वाइलेट गरिररहेका बेला सबिनले आँत्तिदै माथी आएर उनलाई ढकढक गर्दै बोलाएका रहेछन्। त्यसपछि तल लगेर आफ्नो गलफ्रेन्ड बेहोस भएको भन्दै छटपटिएको उनले प्रहरीलाई बताएका छन्।
सबिनले शारिरिक सम्पर्ककै कारण अन्जनाको ज्यान गएको आफुलाई नलागेको र यसरी ज्यान जान सक्छ भनेर आफुलाई थाहा नभएको प्रहरी अनुसन्धानमा बताएका छन्।
आँखिर अन्जनाको ज्यान कसरी गयो त ? टिचिङ अस्पतालले बायाँ डिम्बासयभित्र रक्तश्राव भएको देखिएको जनाएको छ। तर अन्जनाको ज्यान कसरी गयो भन्नेबारे टिचिङ अस्पतालले रिपोर्ट दिन बाँकी रहेको छ। परिक्षण रिपोर्ट आउन बाँकी रहेको भन्दै टिचिङ अस्पतालले जवाफ दिएको छ।


