काठमाडौं। जेन जीले सोमबार देशभर गरेको प्रदर्शनमा कम्तिमा १९ जनाको मृत्यु र ४ सय भन्दा बढि घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजिनामा दिएका छन्।
उनले घटनाको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन्।

जेन जीको प्रदर्शनमा काठमाडौंमा मात्र कम्तिमा १७ जनाको ज्यान गएको छ भने ३ सयभन्दा बढी घाइते छन्। प्रहरीले प्रदर्शनकारीको छाती र टाउको ताकेर गोली हानेकाले धेरै हताहती भएका हुन्।
बानेश्वरस्थित संसद भवनबाहिर प्रहरीले प्रदर्शनकारीमाथी अन्धाधुन्ध गोली चलाएको थियो।


