काठमाडौं। जेन जीको प्रदर्शनमा कम्तिमा १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि सरकार सामाजिक सन्जालमाथी प्रतिबन्ध लगाउने निर्णयबाट पछि हटेको छ।
सोमबार साँझ बसेको मन्त्रि परिषद् बैठकले सामाजिक सन्जालमाथीको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। यसअघि सूचिकरण हुन नआएको भन्दै सरकारले फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सन्जालमाथी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारले प्रतिबन्ध हटाएपछि सामाजिक सन्जालहरु यतिबेला चलिरहेका छन्।
जेन जीले भ्रष्टचार अन्त्यलगायत माग राखेर सोमबार देशभर आन्दोलन गरेको थियो। आन्दोलनमा रक्तपात मच्चिएपछि प्रधानमन्त्रीको पनि राजिनामा माग भइरहेको छ।



