काठमाडौं। पूर्व प्रधानन्यायधिश सुशिला कार्की नेतृत्वको सरकारमा हालसम्म ७ जना मन्त्री नियुक्त भएका छन्। पहिलोपटक ३ र दोस्रोपटक ४ जना मन्त्री थपेर मन्त्रि परिषद् विस्तार गरिएको हो।
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ उर्जा मन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री छन्। खनाललाई संघीय मामिला मन्त्रालय तथा घिसिङलाई भौतिक पूर्वाधार र सहरी विकाश मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।

यस्तै सर्वोच्च अदालतका पूर्व न्यायधिश अनिलकुमार सिन्हा उधोग मन्त्री, वैज्ञानिक महाविर पुन शिक्षा मन्त्री, पत्रकार जगदिश खरेल सन्चार मन्त्री र मदन परियार कृषी मन्त्री रहेका छन्।
सिन्हा, पुन,खरेल र परियार दोस्रोपटक मन्त्रि परिषद् विस्तार हुँदा मन्त्री बनेका हुन्। सिन्हालाई कानुन मन्त्रालय र भूमी व्यवस्था,सहकारी तथा गरिबि निवारण मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय,श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय,पर्यटन मन्त्रालय र खानेपानी मन्त्रालयको जिम्मेवारी आफै सम्हालेकी छिन्। सायद मन्त्रि परिषद् विस्तार हुँदा उनले यी मन्त्रालय हस्तान्तरण गर्नेछिन्।
भ्रष्टचार अन्त्य र सुशासनको माग गर्दै जेनजीले गरेको आन्दोलनले केपी शर्मा ओली सरकारलाई च्युत गरेको थियो।
आन्दोलनको बलमा भदौ २७ गते सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। यो सरकारले आगामी ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने कार्यादेश पाएको छ।
जेनजी आन्दोलनमा देशभर ७० जनाभन्दा बढिको मृत्यु भएको थियो।




