काठमाडौं– गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिगततर्फ पुन राजबहादुर शाह बनेका छन्। सरकारले शाहलाई सोमबार त्यसबापत सम्मान गरेको छ।
शाह जावलाखेल समूहका एमडी हु्न। पछिल्ला वर्षहरूमा धेरै कर तिर्ने उनी हुँदै आएका छन्। जावलाखेल समूहका राजबहादुर र विजयबहादुर शाह धेरैपटक सम्मानित हुँदै आएका छन्।

राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले बर्सेनि धेरै कर तिर्ने तथा समयमै विवरण बुझाउने करदातालाई सम्मान गर्दै आएको छ। गत आर्थिक वर्ष संस्थागतमा धेरै आयकर तिर्नेमा दूरसञ्चार प्राधिकरण बनेको छ।
वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट, मध्यमस्तरीय करदातामा सीडीएस एण्ड क्लियरिङ, ऊर्जामा भोटेकोसी पावर, रेमिट्यान्समा आईएमई रहेका छन्। त्यस्तै भ्याटको समयमै विवरण बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। उद्योगमा युनिलिभर रहेको छ।
त्यस्तै एकलौटी फर्ममा थर्डआई इन्टरनेसनल, वस्तुगततर्फ डाबर नेपाल, सूचना प्रविधिमा भेरिक्स नेपाल, निर्यातमा डाबर नेपाल, कृषि तथा पशुजन्यमा पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थामा नेपाल इन्भेष्टमेन्ट बैंक शिक्षामा नोबेल मेडिकल कलेज र पर्यटनमा सोल्टी होटल रहेको छ।


