काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको छ।
उनका ७७ वर्षीया बुबा रामनारायण शाहको सोमबार निधन भएको हो। बेहोस भएपछि उनलाई सिभिल अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको निधन भएको हो।

सोमबार नै अन्त्येष्टी गरिएको छ।


