काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भष्ट्रचार सम्बन्धी कसुरमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो।
अख्तियारले भक्तपुरको नलिनचोकको हेलिप्याड निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्धा दर्ता गर्ने तयारी गरिरहेको थियो। सोही मुद्धामा जोडिएका अधिकारी पक्राउ परेका हुन्।

अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारि गरिरहेको छ।



