काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङको अगुवाईमा निर्वाचन आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टी’ औपचारिक घोषणा गरिएको छ। बुधबार प्रज्ञा भवनमामा घोषणा सभा आयोजना गरिएको हो। कुलमान यसअघि खुलेका थिएनन्, निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा।
चुनावको मुखमा मात्रै कुलमान पार्टीमा क्रियाशील हुने भनिएको थियो। घोषणा सभामार्फत उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा छाडेकी सुमना श्रेष्ठ, सुन्दरमणि दिक्षितलगायत सहभागी भएका छन्। कार्यक्रममा सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, नेताहरू रिमा विश्वकर्मा, सीता पाण्डेलगातले सम्बोधन गरे।
समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको उज्यालो नेपाल पार्टीले जनाएको छ।



