काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।
यस घटनाबारे सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाउँदै छानबिनका लागि अग्रसरता देखाएको हो। मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी आदेश दिइएको छ। घटनाबारे प्रधानमन्त्री शुसिला कार्कीले चासो राख्दै सत्यतथ्य पत्ता लगाउन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएकी थिइन्।



