काठमाडौं। असिम मान सिंह बस्न्यात नेपाली युवामाझ सबैभन्दा बढी परिचित नाममध्ये पर्छ।

नेपालमै बसेर गर्विलो पहिचान र व्यावशायीक सफलता प्राप्त गर्न सकिन्छ मात्र होइन नयाँ ‘आईडिया’लाई स्थापित गर्न सकिन्छ भन्ने उनले सुरु गरेको राइड सेयरिङ एप ‘पठाओ’ले युवा व्यवशायीलाई प्रेरणा दिएको छ। पठाओका कारण आज लाखौँ नेपाली युवा स्वरोजगार बनेका छन्। त्यसबाट लाखौँ लाभान्वित छन्।
असिमले नेपालमा सफलतापूर्वक कार्यान्वयन गरेको यही नविनतम सोचका कारण आज उनी लाखौँ युवा र परिवारका लागि ‘आईडल’ बनेका छन्। पठाओले उनिहरुको चुलोदेखि सपनासम्म धान्दिरहेको छ।
‘४० वर्ष पुगेपछि म व्यवशायबाट रिटायरमेन्ट लिन्छु भन्ने थियो तर कोरोनाका कारण केही ढिला हुन पुग्यो’, हालैकै एक बसाईमा उनी अब ‘सिफ्ट’ हुने तयारीबारे बताउन खोज्दै थिए।
मान सम्मान, पैसा सबै व्यवशायबाट प्राप्त गरेका असिमको एउटा दृण संकल्प रहेछ स् नेपाली युवाहरुको रोजागारी खोज्दै विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने।
लाखौँ युवाजस्तै उनी पनि यो देशमा व्याप्त भ्रष्टचार, कुशासनका कारण आजित रहेछन्। त्यसैले होला गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा असिम पनि सडकमा देखिए युवाहरुलाई काँध थाप्दै। आन्दोलन यति शसक्त बन्यो की सत्ता नै ढाल्यो।
जेनजीहरुले चुनावका लागि अन्तरिम सरकार बनाए। त्यसयता अब देश युवाहरुले बनाउनुपर्छ, नयाँहरुले बनाउनुपर्छ भन्दै विभिन्न पार्टीहरु खुलेका छन्। जेनजीहरु विभिन्न पार्टिमा पुगेका छन्। असिमलाई लाग्यो स् देश बनाउने यो उत्तम समय हो, राम्रो सोच भएका मानिसहरु संसदमा पुगेर नीति निर्माण गर्नुपर्छ।
व्यवशायबाट रिटायरमेन्ट खोजिरहेका असिमलाई लाग्यो स् अब राजनीतिमा जम्प गर्नुपर्छ। उनलाई लाग्यो स् जनताले उनलाई विश्वास गर्नेछन् किनभने उनले गरेरै देखाएका छन्।
र, यतिबेला उनै असिम संसदीय राजनीतिको ढोका ढक्ढकाइरहेका छन्। उनी काठमाडौं-१ बाट चुनाव लड्दैछन्। उल्लेखनीय के छ भने उनी कुनै पार्टीमा आबद्ध नभई चुनाव लड्दैछन्। स्वतन्त्र उमेद्ध्वार भएर सांसद बन्ने प्रयाशमा छन्।
‘मलाई न कुनै पद चाहिएको छ नत मन्त्री बन्नु छ। मैले त एजेन्डाका लागि राजनीति गर्ने हो। त्यो एजेन्डालाई स्थापित गराउन सकियो भने त्यसले देशकै लागि ठुलो महत्व राख्ने छु, असिम भन्छन्। उनी ‘घरघरमा रोजगारी, टोलटोलमा उधोग’को सिंगल एजेन्डासहित आफ्ना मतदाताका घर घर पुगिरहेका छन्। आफ्नै एजेन्डालाई धेरै दलहरुले साझा बनाएकाले भोली आफु संसद पुगेको अवस्थामा कार्यान्वयनमा धेरै सजिलो हुने उनको विश्वास छ।
नेपाली कांग्रेसका प्रबल थापा, एमालेका मोहनराज रेग्मी, रास्वपाकी रन्जु दर्शना, राप्रपाका रविन्द्र मिश्रसहित २८ जना उमेद्ध्वारलाई पछाडि पार्नुपर्ने छ। उनलाई लाग्छ स् संसदीय राजनीतिको यात्रा अब उनीबाट धेरै दिन टाढा छैन। उनलाई यो त्यत्तिकै लागेको छैन। उनीसँग जवाफ दिने थुप्रै कारणहरु छन्।

एउटा त उनले देशकै ठुलो समस्याका रुपमा रहेको बेरोजगारीलाई समाधान गर्न निजिस्तरबाट उनले खेलेको भूमिका हो। रोजगारीलाई नै उनले आफ्नो राजनीतिक एजेन्डा बनाइरहेका छन्। यस्तै, काठमाडौं(१ का मतदाताको राजनीतिक चेतनाको स्तर र आर्थिक अवस्थाले पनि आफुलाई चुनाव जित्न सजिलो हुने उनको विश्वास छ।
यस क्षेत्रमा धेरै सरकारी कर्मचारी, डाक्टर, इन्जिनियर,प्रोफेसर, सुरक्षाकर्मीका परिवारको बसोबास छ। यस्तै तथ्यांकहरुले पनि यो क्षेत्रमा ५० प्रतिशतभन्दा बढी आर्थिक रुपमा सम्पन्न परिवार बस्ने देखाउँछ। त्यसको मतलब के हो भने आर्थिक रुपमा सम्पन्न यहाँका धेरै मतदाताले राम्रो उमेद्ध्वारलाई मात्र यहाँ भोट हाल्छन्’, पारिवारिक पृष्टभूमी आर्मी भएका असिम भन्छन्। आफु काठमाडौं-१ कै रैथाने भएकाले पनि जनविश्वास जित्न सजिलो भइरहेको उनलाई लाग्छ।
यतिबेला चुनावी अभियान चलाइरहेका बेला निर्वाचन आयोगप्रति उनको एउटा गुनासो छ। ु अब स्वतन्त्र भन्ने शब्द नै स्वतन्त्र रहेन। के भनेर बुझाउने मैले रु मैले म स्वतन्त्र हुँ, पार्टीको हैन भनेर बुझाउनै समय लागिरहेको छ। स्वतन्त्र नाममा पार्टी दर्ता गर्न दिएर निर्वाचन आयोगले ठुलो ब्लन्डर गरेको होु, उनी असन्तुष्टी पोख्छन्।
उनलाई लाग्छ, देश र जनताको अधिनमा रहेर काम गर्न पार्टीभन्दा बढी स्वतन्त्र भएर काम गर्न सजिलो छ।
करिब ५० हजार मतदाता रहेको काठमाडौं-१ मा मत भने करिब ३० हजारको हाराहारीमा मात्र झर्ने गरेको छ। अघिल्लोपटक नेपाली कांग्रेसका प्रकाशमान सिंहले केवल ७ हजार एक सय ४३ मत ल्याएर चुनाव जितेका थिए। रविन्द्र मिश्रले ७ हजार १८ र रास्वपाका पुकार बमले ४ हजार एक सय १५ मत ल्याएका थिए। एमालेका किरण पौडेलले ३ हजार ३ सय ३२ र शुसासन पार्टीका रमेश खरेलले ३ हजार १ सय २४ मत ल्याएका थिए।
ुपछिल्लो मत परिणामले पनि देखाउँछ की यहाँ कुन दल वा उमेद्ध्वार बलियो या कमजोर भन्ने छैन। त्यसैले मलाई विश्वास छ( यसपटक यहाँका जनताले मलाई जिताएर पठाउने छन्ु, असिमले भने। काठमाडौं महानगरपालिकामा बालेनले स्वतन्त्र उमेद्ध्वारका रुपमा मेयर जितेजस्तै काठमाडौं(१ जितेर राष्ट्रिय राजनीतिलाई तरङ्गित बनाउने सामर्थ्य आफुसँग रहेको उनी बताउँछन्।



