काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसहित पुराना पार्टीका अधिकांश चर्चित अनुहारहरु पराजित भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका त अध्यक्ष (सभापति) नै पराजित भए।
नेपाली कांग्रेसका सभापती गगन थापासहित प्रदिप पौडेल, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत, सुनिल शर्मालगायत धेरै चर्चित अनुहारहरु पराजित भए। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विष्णु पौडेल, शंकर पोखरेल, महेश बस्नेत, शेरधन राई, देवराज घिमिरे, पृथ्वी सुब्बा गुरुङ, सुर्य थापा, पार्वत गुरुङ, रघुविर महासेठलगायत अधिकांश नाम चलेका नेताहरु पराजित भए।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कमल थापालगायत पराजित भए। पुराना चर्चित र शीर्ष नेतामा नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल मात्र विजयी भए। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाको दे


