काठमाडौं।बालेन नेतृत्वमा झन्डै दुई तिहाईको एकल सरकार बन्न लाग्दा नेपाली सेयर बजार हरेक दिन जसो उकालो चढिरहेको छ। पछिल्ला दुई दिनमा मात्र नेप्से झन्डै एक सय १९ अंकले बढेको छ।
फागुन २१ गतेको चुनावभन्दा अघिल्ला लगातार ६ कारोबार दिन बजार बढेको थियो समग्रमा ९८ अंकले। चुनाव सकिएपछि खुलेको पहिलो कारोबार दिनमै बजार १६२.९३ अंकले बढ्यो।

त्यसयता ३ दिन मात्र बजार घटेको छ। अहिले नेप्से २९३१.५५ विन्दुमा पुगेको छ। बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदैछन्।
पछिल्ला दुई दिन सेयर बजारमा झन्डै ४४ अर्बको कारोबार भएको छ। साताको पहिलो दिन आइतबार २३ अर्ब १७ करोड रुपैयाभन्दा बढीको कारोबार भयो।


