Author: लोकेन्द्र प्रसाईं

लामो समय सुरक्षा र खेलकुद पत्रकारिता गरेका प्रसाईं हाल नेपाल राइट नाउ डटकममा सम्पादक छन् ।

काठमाडौं। बालेन सरकारले जिम्मेवारी सम्हालेको २४ घण्टामै आफुले गर्ने एक सय वटा कामको सूची सार्वजनिक गरेको छ। ती कामका लागि समयसिमा पनि तोकिएको छ। बाल‍ेन सरकारले मन्त्रि परिषद्को बैठकमार्फत निर्णय गरेका एक सय कार्य सूची के के छन् ? पढ्नुस् :

Read More

काठमाडौं। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलि र गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। बालेन प्रधानमन्त्री भएको २४ घण्टा पनि वित्न नपाउँदै ओली र लेखक पक्राउ परेका हुन्। भदौ २३/२४ को जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले ओली र लेखकलाई ज्यान सम्बन्धी मुद्धामा कारबाही गर्न सिफारिस गरेको थियो। त्यही प्रतिवेदनलाई शुक्रबार बालेन सरकारको पहिलो बैठकले तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। गृहमन्त्री सुदन गुरुङले शुक्रबार रातभर सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका थिए। बिहान प्रहरीको टोलीले जरुरी पक्राउ पुर्जी दिएर लेखकलाई भक्तपुरको कटुन्जे र ओलीलाई गुन्डुबाट उनिहरु बसिरहेकै निवासबाट नियन्त्रणमा लिएको थियो। आयोगले दुवैलाई १० वर्षसम्म कैद सजाय माग गर्न सिफारिस…

Read More

काठमाडौं। बालेनले १५ सदस्यीय मन्त्रिमन्डल गठन गरेको छ। त्यसमा ५ जना महिला छन्। १६ सदस्यीय बनाएपनि उधोग मन्त्रालयको जिम्मेवारी पाएका अमरेशकुमार सिंहले अस्विकार गरेपछि उक्त मन्त्रालयलाई बालेनले आफुसँगै राखेका छन्। बालेनसँग प्रधानमन्धीसहित रक्षा मन्त्रालय र उधोग मन्त्रालय रहेको छ। यस्तै गृहमन्त्रीमा सुदन गुरुङ, अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल छन्। भौतिक पूर्वाधार तथा यातायात, शहरी विकाश मन्त्रालय सुनिल लम्सालले पाएका छन्। उर्जा, जलस्रोत तथा सिचाई विराजभक्त श्रेष्ठलाई, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडकराज पौडेललाई, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेललाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय निशा मेहताले पाएका छन्। सन्चार…

Read More

काठमाडौं। जेनजी आन्दोलनको छानबिन गर्न गठिन जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री,गृहमन्त्री, नेपाल प्रहरीका आईजिपीलगायतलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको छ। २३ र २४ भदौमा देशव्यापी हिंसा, गोलीकाण्ड र आगजनीका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझएको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक नभएपनि जनाआस्था साप्ताहिकले बुधबार बाहिर ल्याएको थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजिपी चन्द्रकुबेर खापुङलाई १० वर्षसम्म कैद सजायको माग गर्न सिफारिस गरिएको छ। ९०७ पृष्ठ लामो प्रतिवेदनमा आयोगले आन्दोलनका क्रममा चार घण्टासम्म निरन्तर गोली चल्दा पनि राज्यको उच्च तहबाट त्यसलाई रोक्न कुनै प्रभावकारी पहल नभएको निष्कर्ष निकालेको छ। फिल्डबाट सुरक्षा अवस्थाबारे निरन्तर जानकारी आइरहे पनि गोली…

Read More

काठमाडौं।बालेन नेतृत्वमा झन्डै दुई तिहाईको एकल सरकार बन्न लाग्दा नेपाली सेयर बजार हरेक दिन जसो उकालो चढिरहेको छ। पछिल्ला दुई दिनमा मात्र नेप्से झन्डै एक सय १९ अंकले बढेको छ। फागुन २१ गतेको चुनावभन्दा अघिल्ला लगातार ६ कारोबार दिन बजार बढेको थियो समग्रमा ९८ अंकले। चुनाव सकिएपछि खुलेको पहिलो कारोबार दिनमै बजार १६२.९३ अंकले बढ्यो। त्यसयता ३ दिन मात्र बजार घटेको छ। अहिले नेप्से २९३१.५५ विन्दुमा पुगेको छ। बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदैछन्। पछिल्ला दुई दिन सेयर बजारमा झन्डै ४४ अर्बको कारोबार भएको छ। साताको पहिलो दिन आइतबार २३ अर्ब १७ करोड रुपैयाभन्दा बढीको कारोबार भयो।

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा बलियो बहुमत प्राप्त गरेको छ। रास्वपाले कुल २ सय ७५ सदस्यमध्ये एक्लैले एक सय ८२ सिट जितेको छ। रास्वपाले प्रत्यक्षतर्फ एक सय २५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ। प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिकतर्फ चुनिएर आउने एक सय १० गरि कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभाको व्यवस्था छ। साधारण बहुमत अर्थात कम्तिमा एक सय ३८ सिट जितेमा एकल सरकार बनाउन सकिने कानुनी व्यवस्था छ। अब रास्वपाले एकल सरकार बनाउन सक्ने छ। निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिकहाँ बुझाएपछि सरकार निर्माणको प्रकृया अगाडि बढ्ने छ। रास्वपाले बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री…

Read More

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री बन्ने बाटो खोलेका छन्। झापा-५ बाट उमेद्ध्वारी दिएका बालेनले तीनपटकका प्रधानमन्त्री केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरले हराउँदै संसद पुगेका छन्। बालेनले ६८ हजार ३ सय ४८ मत ल्याए भने ओलीले १८ हजार ७ सय ३४ मत प्राप्त गरे। बालेनले यो जित हात पारेसँगे उनका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई प्रधानमन्त्री बनाउने घोषणा गरेर मत मागेको थियो। यो निर्वाचनमा रास्वपाले सजिलै बहुमत प्राप्त गर्ने देखिएको छ।

Read More

काठमाडौं। पछिल्लो समय काठमाडौं उपत्यकामै अनलाइन जुवा संगठितरुपमा खेलाउने गरेको पाइएको छ। कल सेन्टरको आवरणमा गिरोहले विशेष गरी भारतीयलाई लक्ष्यित गरि अनलाइन जुवा खेलाउने गरेको देखिन्छ। एक साताअघि केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले ललितपुरको सातदोबाटोबाट २ भारतीयसहित ५३ जनालाई पक्राउ गरेको थियो। केही महिनाअघि सीआईबीले नै ललितपुरबाट चिनियाँ र भियतनामीसहित चार दर्जनबढीलाई नियन्त्रणमा लिएको थियो। नेपाललाई किन सहज ठानिरहेका छन् गिरोह ?  हामीलाई सीआईबी प्रवक्ता होबिन्द्र बोगटीसँग कुराकानी गरेका छौँ।

Read More

काठमाडौं। देशकै सबैभन्दा कम उमेरका न्यायधिशको इजलासमा पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको मुद्धाको थुनछेक सुनुवाई हुने भएको छ। कास्की जिल्ला अदालतमा ३४ वर्षीय न्यायधिश नितिज राईको इजलासमा सुर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्धाको थुनछेक सुनुवाई हुने भएको हो। सम्पत्ती शुद्धिकरण, संगठित अपराध र सहकारी ठगी सम्बन्धी कसुरमा लामिछानेसहितका व्यक्तीको बयान र थुनछेक बहस नितिज राईको इजलासमा हुने छ। लामिछाने कात्तिक २ गतेयता प्रहरी हिरासतमा छन्। राई गत असारमा मात्र जिल्ला न्यायधिशमा उत्तिर्ण भएका थिए। कानुनमा स्नातकोत्तर (एलएलएम) उत्तीर्ण गरेका उनी २०७२ साल मंसिरमा मात्रै न्यायसेवाको अधिकृत भएका उनी आठ वर्षको सेवा अवधिमै न्यायाधीशमा उत्तीर्ण भएका हुन् ।

Read More