काठमाडौं। खाडी युद्ध चर्किएसँगै नेपालमा पेट्रोलियम पदार्थको मुल्य आकाशिने क्रममा रहेको छ। पछिल्लो १० दिनमा मात्र पेट्रोल प्रति लिटर ३० रुपैयाँले बढेको छ।
बुधबार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर १५ रुपैयाँले बढाएको छ। अघिल्लोपटक पनि १५ रुपैयाँले बढेको थियो। अब पेट्रोल प्रति लिटर एक सय ८७ रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टीतेलको मुल्य पनि प्रति लिटर १५ रुपैयाँले बढेर क्रमश एक सय ६७ रुपैयाँ पुगेको छ।




