काठमाडौं। चर्चित ‘विचौलिया’ दीपक भट्ट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले भट्टलाई पक्राउ गरेको हो।
सम्पत्ती शुद्धिकरणको कसुरमा अनुसन्धानका लागि भट्टलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

राजनीतिक शक्ति केन्द्रसँगको पहुँचका आधारमा ठुल्ठुला सेटिङमा भट्ट सहभागी हुने गरेको लामो समयदेखि चर्चा हुँदै आएको थियो।


