काठमाडौं। फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ।
फाइनलमा शनिबार राती इङ्ल्यान्डको आर्सनललाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै उपाधि रक्षा गर्यो।

अघिल्लो सिजन पीएसजीले इतिहासमै पहिलोपटक यो प्रतियोगिता जितेको थियो। निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट इएको थियो।
छैटौँँ मिनेटमा काई हाभार्ट्जको उत्कृष्ट गोलमा अग्रता लिएको आर्सनलले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल ब्यहोरेको थियो। पीएसजीका डेम्बेलेले गोल गरेका थिए।

