काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती डोलप्रसाद-डिपि अर्याल सभामुख बनेका छन्। उनी निर्विरोध निर्वाचित भएका हुन्।
सभामुखमा उनको मात्र उमेद्ध्वारी परेको हो। दुईपटक प्रत्यक्ष निर्वाचित सांसद अर्याल यसअघि गृह मन्त्री बन्ने चर्चा थियो।

तर सुदन गुरुङले गृह मन्त्रालय दावी गरेपछि उनलाई सभामुखको अफर गरिएको थियो पार्टी नेतृत्वबाट। त्यसका लागि उनी तयार भएका थिए। सभामुखका रुपमा अब प्रतिनिधि सभा बैठक सन्चालन गर्ने जिम्मेवारी उनको हुने छ।


