काठमाडौं। बालेन सरकार आएसँगै बढ्ने अपक्षा गरिएको नेपाली सेयर बजार-नेप्सेमा हरेक दिनजसो पहिरो गइरहेको छ। साताको पहिलो दिन आइतबार मात्र १०५.५ अंकले नेप्से घटेको छ।
बालेन सरकार आएयता भएका ६ कारोबार दिनमा नेप्से २ सय ७३ अंकले घटिसकेको छ। लगातार भारी गिरावट आएसँगै लगानीकर्ताहरुको तनाव बढिरहेको छ।

एकथरी लगानीकर्ताहरु बजार सुधार हुने आशामा रहेर होल्ड गरिरहेका छन् भने अर्काथरी लगानीकर्ताहरु थप नोक्सान हुने डरमा विक्री गरिरहेका छन्।
आइतबार झन्डै ३ करोड १२ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भयो। बालेन सरकार आएयता नेपाली सेयर लगानीकर्ताले झन्डै साढे खर्ब रुपैयाँ गुमाएका छन्।


