काठमाडौं। सर्वोच्च अदालतले बाल श्रमको आरोपमा पक्राउ गरिएकी एमाले प्रदेश सांसद रेखा शर्मालाई थुनामुक्त गर्न आदेश दिउको छ। आइतबार सर्वोच्चले उक्त आदेश गरेको थियो।
रेखा केहि दिन अघि मध्यरात पक्राउ परेकी थिइन्। त्यसपछि उनका आफन्त रेखालाई गैरकानुनी पक्राउ र हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।

शर्माविरुद्ध मु द्ध चलाउन आ वश्यक नदेखिएको सर्वोच्च अदालतले आफ्नो आदेशमा उल्लेख गरेको छ।

यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदा एमाले प्रदेश सांसदले बाल श्रमिक राखेको भन्दै मुद्धा चलाउन प्रहरीलाई सिफारिस गरेका थिए। त्यतिबेला शर्माविरुद्ध मुद्धा चलाउन आनाकानी गरिएको र प क्राउ नगरिएको भन्दै बालेन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र एमालेविरुद्ध उत्रिएका थिए। सरकारी वकिल कार्यालयले शर्माविरुद्ध प्रमाण नभएको भन्दै मुद्धा नचलाउने निर्णय गरेको थियो।
यद्यपी बालेन सरकार आएपछि गृहमन्त्री सुदन गुरुङले शर्मालाई प क्राउ गर्न निर्देशन दिएका थिए।


