काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान सक्न नत्र थुनामुक्त गर्न परमादेश जारी गरेको छ। निवेदकहरुले ओली र लेखकलाई गैरकानुनी प क्राउ र हिरासतमा राखिएको भन्दै थुनामुक्त गर्न माग राखेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार त गर्यो बिहीबारभित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ ।

सर्वोच्चले भनेको छ, ` ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।´


