काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मुल्य फेरी बढाएको छ। बिहीबार भएको निगमको निर्णयअनुसार पेट्रोलको मुल्य प्रति लिटर २ सय १९ रुपैयाँ पुगेको छ।
प्रति लिटर १७ रुपैयाँ बढाइएको हो। पछिल्लो २५ दिनमा पेट्रोलको मुल्य ६२ रुपैयाँले बढेको छ। यसअघि तीनपटक १५/१५ रुपैयाँले बढाइएको थियो। मध्यपूर्वमा चर्किरहेको द्धन्द्धको प्रभाव नेपालमा लगातार देखिरहेको छ।

इन्धन खपतलाई कम गर्न सरकारले आइतबार पनि सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ। यस्तै वर्क फ्रम होम पनि आह्वान गरेको छ। निगमले खाना पकाउने ग्याँस पनि एक सय रुपैयाँले बढाएको छ।


