काठमाडौं। विश्व चर्चित टाइम म्यागजिनले सार्वजनिक विश्वका शीर्ष १०० प्रभावशाली नेताको सूचिमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेन पनि परेका छन्।
टाइमले हालै सार्वजनिक गरेको उक्त सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्म रहेका छन्। ३ वर्ष अघि स्वतन्त्र उमेद्ध्वारी दिएर काठमाडौंको मेयर निर्वाचित ३५ वर्षीय बालेन हालै प्रधानमन्त्री बनेका थिए।

चुनावको पूर्वसन्ध्यामा बालेन रास्वपा प्रवेश गरेका थिए। उनी प्रधानमन्त्री बन्ने गरी रास्वपा प्रवेश गरेका थिए। अन्तत रास्वपाले झन्डै दुई तिहाई बहुमत ल्याएको थियो। यसमा बालेन इफेक्ट भनेर टिप्पणी हुने गरेको छ।


