काठमाडौं। अब अब मोबाइल बैंकिङ मार्फत दैनिक ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङ मार्फत दैनिक २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो।
यस्तै डिजिटल वालेटका हकमा बैंक खाताबाट वालेटमा दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्म पठाउन सकिने सीमा तोकिएको छ । एउटा वालेटबाट अर्को वालेटमा हुने कारोबारमा दैनिक ५० हजार र मासिक ५ लाख रुपैयाँको सीमा कायम गरिएको छ ।

यस्तै कुनै पनि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा अधिकतम १० पटकसम्म मात्र रकम जम्मा गर्न पाइने व्यवस्था गरिएको छ ।


