काठमाडौं। यतिबेला गृहमन्त्री सुदन गुरुङ चर्को विवादमा छन्।
सम्पत्ती शुद्धिकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका चर्चित विचौलिया/व्यवशायी दीपक भट्टसँग एउटै कम्पनीमा जोडिएको देखेपछि यतिबेला गुरुङले राजिनामा दिनुपर्ने वा उनलाई रास्वपाले सरकारबाट फिर्ता बोलाउनुपर्ने माग उठि रहेको छ। नेपाली कांग्रेसलगायतले छानबिन हुनुपर्ने माग सार्वजनिक गरिरहेका छन्।

मन्त्री हुनुभन्दा केही दिन अघि मात्र गुरुङले झन्डै ५० लाख रुपैयाँ बराबरको सेयर किनेको र दोस्रो बजारमा उनको त्यो पहिलो कारोबार रहेको भन्दै उनको टिप्पणी भइरहेको छ। यसअघि पनि उनको सम्पत्ती अस्वभाविक देखिएको भन्दै छानबिन हुनुपर्ने माग उठिरहेको थियो।
गृहमन्त्रीका रुपमा उनले सम्पत्ती विवरण सार्वजनिक गरेपछि त्यसको स्रोतलाई लिएर आशंका भइरहेको छ। यसैबीच गृहमन्त्री गुरुङले पछिल्लो आरोपलाई लिएर स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सन्जालमा लामो स्टाटस लेखेका छन् :



