काठमाडौं। नेपालले यूएईसँगको २ खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला बराबरी गरेको छ। दोस्रो खेलमा ८ विकेटको जित हात पार्दै नेपालले शृंखला बराबरी गरेको हो। यसअघि वर्षाले प्रभावित पहिलो खेल नेपालले ६ विकेटले हारेको थियो।
मंगलबार साँझ त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै यूएईलाई एक सय २८ रनमा सिमित गरेको थियो। नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ६ रन खर्चिएर ३ विकेट लिए।

नेपालले २५ बल बाँकी रहँदै लक्ष्य भेट्टायो। नेपालको जितमा कुशल भुर्तेल एक्लैले ८४ रन जोडे। उनले ५७ बलमा २ छक्का र १२ चौका प्रहार गरे। यस्तै दीपेन्द्रसिंह ऐरीले २३ र कुशल मल्लले १९ रन जोडे। नेपालले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो।
नेपालले अब अप्रिल २५ तारिखबाट विश्वकप लिग-२ अन्तर्गत ओमान र यूएई सहभागी हुने शृंखला घरेलु मैदानमा खेल्ने छ।


