काठमाडौं। नेपाल उधोग व्यवशायी महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रि इन्सुरेन्सको पैसा अवैध रुपमा शेयर खरिदमा लगेको प्रकरणमा गोल्छा पक्राउ परेका हुन्। उनी उक्त इन्सुरेन्सका तत्कालिन अध्यक्ष हुन्।
दीपक भट्टले इन्सुरेन्सको रकम लगेर दोस्रो बजारको शेयर खरिदमा लगाएको खुलेपछि अध्यक्षका हैसियतमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गोल्छालाई पक्राउ गरेको हो।

शेखर, गोल्छा समूहका अध्यक्ष पनि हुन्।


