काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालले घरेलु मैदानमा अमेरिकामाथी शानदार जित हात पारेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ८ विकेटको जित निकाल्यो। टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रन जोडेको थियो।

स्मित पटेलले ८३, सेहान जयसुर्याले ५० र मिलिन्द कुमारले २८ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए। १२२-१ को अवस्थाबाट अमेरिका एकाएक कोल्याप्स भएको थियो।
नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। ओपनर कुशल भुर्तेलले नटआउट १२० रन जोडे। आसिफ शेखले पनि ५८ रन बनाए। कुशलले आसिफसँग पहिलो विकेटका लागि १४५ रनको साझेदारी गरेका थिए। कुशलको यो दोस्रो ओडीआई सतक हो। उनी लगातार तीन खेलमा प्लेइङ-११ बाहिर रहेर शनिबारको खेलमा कमब्याक गरेका थिए।
विश्वकप लिग-२ अंक तालिकामा नेपाल २६ खेलबाट २० अंक जोडेर सातौँ स्थानमा रहेको छ। अमेरिका २६ खेलबाट ३६ अंक जोडेर पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ३० खेलबाट ३८ अंक छ।

