काठमाडौं। नेपाल क्रिकेट संघ-क्यानले नयाँ सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। खेलाडीको श्रेणी विभाजन र प्राप्त हुने रकमसहित श्रेणी विभाजन सार्वजनिक गरिएको छ।
क्यानले नयाँ श्रेणी ए प्लस थपेर श्रेणी छुट्याएको छ। पुरुषतर्फ ए प्लसमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्। उनिहरुले मासिक एक लाख २० हजार रुपैयाँ पाउनेछन्। यस्तै ए श्रेणीमा आसिफ शेख, कुशल भुर्तेल, करण केसी र सोमपाल कामी छन्। उनिहरुले मासिक १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

बी श्रेणीमा ५ जना छन् जसले मासिक ७५ हजार र सी श्रेणीमा ११ जना छन् जसले मासिक ५५ हजार रुपैयाँ पाउनेछन्। डी श्रेणीमा १५ जना छन् जसले मासिक ३५ हजार रुपैयाँ पाउनेछन्।
महिलातर्फ ए श्रेणीमा कप्तान इन्दु बर्मा र उपकप्तान पुजा महतोसहित रुबिना क्षेत्री र सिता रानामगर छन् जसले मासिक ५५ हजार रुपैयाँ पाउनेछन्। बी श्रेणीमा ३ जना, सी श्रेणीमा ४ जना, डी श्रेणीमा १४ जना रहेका छन्। बीले ४०, सीले ३० र डीले २५ हजार रुपैयाँ मासिक प्राप्त गर्नेछन्।

