काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोर-आरसिबीले इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको उपाधि जितेको छ। आरसिबीले आइतबार राती भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले हरायो।
आरसिबीले पहिला ब्याटिङ गरेको गुजरातलाई एक सय ५५ रनमा सिमित गरेको थियो। आरसिबीले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। आरसिबीका विराट कोहलीले ७५ रन बनाएका थिए। अघिल्लो सिजन पनि आरसिबीले यो प्रतियोगिता जितेको थियो।


